Connect with us
Kapilvast Forest

कस्काे नेतृत्वमा सरकार, धारणा बनाउदै माओवादी

२०७९, ३ पुष आईतवारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक दिउँसो २ बजे बस्नेछ ।

बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ । संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहललगायत विषयमा छलफल हुनेछ ।

बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने बताईएकाे छ ।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोस्न लागेकाे हाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu