Connect with us
Kapilvast Forest

शिवराजको सल्लाहकार समितिको बैठक सम्पन्न

२०७९, १९ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकाको सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । किर्डाक नेपाल तथा स्ट्रोम फाउन्डेशनको आर्थिक सहयोगमा सन्चालित सिड्स कार्यक्रम अन्तरगत शिवराज नगरपालिका स्तारिय सहल्लाकार समितिको बैठक सम्पन्न भएको हो ।

सल्लाहकार समितिको बैठकमा किर्डाक नेपालका कार्यक्रम संयोजक कृष्ण रावलले शिवराजमा गरिएको कामको बारेमा जानकारी गराउनुभएको थियो । सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले किर्डाले गरेको कार्यको प्रशांसा गर्नुभयो । नगर प्रमुख थापाले स्वास्थ्य, शिक्षा, अर्थिक आयआर्जनका विषयमा किर्डाकले काम गर्नु पर्ने बताउनुभयो ।

शिवराज नगरपालिकाको उपप्रमुख शिव कुमारी चौधरीले बाल विवाह, लागु पर्दाथ दुव्र्यसनी लगायतका सामाजिक सवाललाई सल्लाहकार समितिको बैठकमा राख्नु भएको थियो । सामुदायमा किर्डाकले राम्रो काम गरेको नगर उपप्रमुख चौधरीले बताउनुभयो ।

सल्लाहकार समितिको बैठकमा आशा संजालको दर्ता प्रकृया कसरी अगाडी बढाउने र नगर स्तरिय आशा संजालको कार्यालय व्यवस्थापनको बारेमा व्यपाक छलफल भएको थियो ।

सल्लाहकार समितिले छात्रबृती, विद्यालयलाई सहयोग, कृषिमा लागानी, कृषी बजारीकरण, अपाङग्ताका सवालमा छलफल गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu