Connect with us
Kapilvast Forest

स्थानीयलाई पेस्तोल ताक्ने इन्स्पेक्टरमाथि छानबिन सुरु

२०७९, २४ पुष आईतवारमा प्रकाशित

काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरू गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । शंखरापुर नगरपालिका-३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा स्थानीय वासिन्दाले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।

गत शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए ।

प्रहरी निरीक्षक बुढाथोकीले गैर व्यवसायियक अभ्यास गरेकाले छानबिनका लागि समिति बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंङ्कँ प्रवक्ता एसपी मैनालीले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu