मनकारी वडा सदस्य मोदनवाल, जस्ले बाडे ७० न्यानो कम्मल
सनिउल्ला धोबी, कपिलवस्तु-
निर्वाचित जनप्रतिनिधीहरु भष्ट्राचारमा मुक्षिएको, लडाईझगडा गरेको, यौनहिंसा गरेको लगायत तमाम समाचार सुन्न, पढ्न पाइन्छ । नागरिकहरुले पनि प्रतिनिधी भन्ने वितिक्कै नराम्रो दृष्टीकोणले हेर्छन । तर सबै प्रतिनिधी गलत हुदैन्न । सबै भष्ट्राचारी हुदैन्न ।
कोही, कोही जनप्रतिनिध्री राम्रो काम गरी समाजमा छुटै र राम्रो पहिचान बनाएको हुन्छन । यसको गातिलो उदहारण बनेका छन कपिलवस्तुका जनप्रतिनिधी वडा सदस्य राहुल मोदनवाल । समाजमा राम्रो काम गर्नका लागि ठुलै पद चाहिन्छ भन्ने छैन वडा सदस्यले पनि राम्रो काम गर्न सक्छन ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ का वडा सदस्य राहुल मोदनवालले कृष्णनगर बजारका सम्पूर्ण रिक्सा चालकहरुलाई न्यानो कम्मल वितरण गर्नुभएको छ । लगतारको शितलहरले बढेका जाडोबाट पिडित बनेका ७० जना रिक्सा चालकलाई न्यानो कम्मल वितरण गरेको वडा सदस्य राहुल मोदनवालले जानकारी दिनुभयो । वडा सदस्य मोदनवालले आफ्नो व्यक्तीगत लागनीबाट रिक्सा चालकलाई न्यानो कपडा वितरण गर्नु भएको बताउनुभयो ।
घाम, पानी, जाडो नभनी हरेक समय अरुको सेवामा खटिरहने रिक्सा चालकलाई सम्मान स्वरुप कम्मल वितरण गरेको वडा सदस्य मोदनलालको भनाई रहेको छ । रिक्सा चालकहरुले कम्मल पाएपछी खुशि भएको रिक्साचालकका आगुवा दीपू हरिजनले बताउनुभयो ।
चिसो समयमा हामीलाई जाडोले गर्दा धेरै समस्या भएको अवस्थामा वडा सदस्यबाट कम्मल पाउने हाम्रोलाई खुसी महसुुस भएके अर्का रिक्सा चालक हजारी पासीले बताउनुभयो ।
न्यानो कम्मल पाएपछी रिक्सा चालक हरिराम हरिजन, मनोज यादव, मनोहर केवट लगायतले वडा सदस्य मोदनवाललाई धन्याबाद समेत दिएका थिए ।

