Connect with us
Kapilvast Forest

एमालेका घिमिरेले दिए सभामुखमा उम्मेदवारी

२०७९, ४ माघ बुधबारमा प्रकाशित

नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका छन्। उनका प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष एवं ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन र माओवादी केन्द्रका सांसद हितराज पाण्डे छन्।

बिहीबार हुने मतदानका लागि घिमिरे सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्। नेपाली कांग्रेसले भने सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे संसदीय दल बैठकबाट निर्णय गर्दैछ।

२०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा-२ बाट निर्वाचित भएका हुन्। उनी एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्जसमेत हुन्। नेकपा एमालेमा घिमिरे कमैमात्र अवसर पाएका नेताका रूपमा चिनिन्छन्।

ताप्लेजुङमा जन्मिएका घिमिरे निम्न मध्यम वर्गीय परिवारमा हुर्किएका हुन्। ताप्लेजुङबाट झापामा बसाइसराइ गरेको घिमिरे परिवार अहिले पनि बिर्तामोडमा भाडाको घरमा बस्दै आएको छ। उनको बुवा आमाबाट जन्मिएका १२ छोराछोरीमध्ये घिमिरे माइलो हुन्। घिमिरेकी श्रीमती टीकादेवी बस्नेत भने रिटार्यड शिक्षिका हुन्।

२०३२ सालबाट राजनीतिमा प्रवेश गरेका घिमिरेले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्मको मात्र अध्ययन गरेका छन्। काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भए पनि उनले बुर्जुवा शिक्षा बहिष्कार गर्ने भन्दै बीचमै पढाइ छाडेका थिए।

उनी माले र नेकपा एकीकृतको एकीरणपछि २०४९ सालमा भएको पाँचौ महाधिवेशनबाट बनेको एमालेको केन्द्रीय सदस्य बनेका थिए। घिमिरे २०५३ सालमा महाकाली सन्धी पारित गर्ने नगर्ने विषयमा नेकपा एमालेमा मतदानका बेला चर्चामा आएका थिए। त्यतिबेला घिमिरेले वैकल्पिक केन्द्रीय सदस्य भएपनि मतदानमा भाग लिएर सन्धीको पक्षमा मत दिएका थिए।

‘मनमोहन अधिकारी बिरामी भएर मतदानमा उपस्थित हुन नसकेपछि वैकल्पिक केन्द्रीय सदस्यका रुपमा उहाँले पार्टीको बैठकमा मत खसाल्नु भएको थियो’, घिमिरेका स्वकीय सचिव केशव ढुङ्गेलले भने, ‘त्यतिबेला विधानमा केन्द्रीय सदस्य नभएको बेला वैकल्पिक सदस्यले मत हाल्न पाउने व्यवस्था थियो।

महाकाली सन्धीका कारण उत्पन्न विवादपछि नेकपा एमाले विभाजित समेत हुन पुगेको थियो। २०७८ मा एमालेको दशौं महाधिवेशनदबाट उनी पार्टीको स्थायी कमिटी सदस्य रहेका छन्। उनले मदन भण्डारी फाउन्डेशनको कार्यालय प्रमुख भएर फाउन्डेशनको विस्तार समेत गरेका थिए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu