Connect with us

पीएसजीले साउदी क्लबलाई हरायाे, मेसी र रोनाल्डो दुवैको गोल

२०७९, ६ माघ शुक्रबारमा प्रकाशित

एजेन्सी – विश्वफुटबलका स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुवैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबियन क्लब रियाद अल स्टार्सलाई ५–४ ले हराएको छ ।

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए।
रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे।

खेलको पहिलो हाफमै जुआन बर्नाटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सीमित बनेको थियो । फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ । टोली कतार हुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu