Connect with us
Kapilvast Forest

एनभिएको आयोजनामा शनिबार म्याराथन, विजयीलाई १५ लाख पुरस्कार

२०७९, ५ माघ बिहीबारमा प्रकाशित

काठमाडौं- नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को आयोजनामा शनिबार म्याराथन प्रतियोगिता हुने भएको छ ।

राइट टू प्रोटिन रन’ नामक दौड प्रतियोगितामा प्रोटिन तथा सन्तुलित आहारको महत्वलाई आम नागरिकसमक्ष उजागर गर्न प्रतियोगिता गर्न लागिएको हो ।

प्रोटिनबारे जनचेतना अभिवृद्धि गर्ने उदेश्यले शनिबार ७ बजे राइट टू प्रोटिन रनको दोस्रो संस्करण गर्न लागेको नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले जानकारी दिनुभयो

प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीका लागि ५ किमि पुरुष र ३ किमि महिला तथा फरक क्षमता भएका व्यक्तिहरूको ह्विलचियर विधाका दौड समावेश छन । अप्रतियोगीका रूपमा ३ सय भोलेन्टियर दौडमा सहभागी हुनेछन ।

प्रतियोगिताको कुल पुरस्कार राशि राशी १४ लाख ८३ हजार ३३३ रूपैयाँको रहेको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार बिजेताको पुरस्कार राशी १ लाख ३३ हजार ३३३ रहेको आयोजकले जनाएको छ ।

काठमाडौको दशरथ रंगशालाबाट सुरु हुने प्रतियोगिताका विजयीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कृत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रोटिनमाथिको अधिकार आत्मसाथ गर्दै एनभिएले गत वर्ष देखि प्रतियोगिता गर्दै आएको छ। प्रतियोगितामा करिब ५ हजार सहभागी हुने एनभिएले अपेक्षा लिएको छ ।

नाम दर्ता अनलाइनबाट भइरहको छ । एनभिएका अध्यक्ष डा. श्रेष्ठका अनुसार, इच्छुक व्यक्तिले इसेवा र फोनपेबाट शुल्क तिरेर प्रतियोगिताका लागि नाम दर्ता गराउन सक्नु हुने छ । दर्ताका लागि ३ सय शुल्क तोकिएको र त्यसबापत सहभागीलाई टिसर्ट प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu