आचार्यको आत्मदाह देशमा कायम बेथितिकाे परिणाम हो : गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम प्रसाद आचार्यको आत्मदाहलाई देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम भएको बताएका छन् । नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु भने दुखद भएको लामिछानेले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् मलाई थाहा छ आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन आशा जगाउन सकेन आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ म दोषी छु ।
मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।