Connect with us
Kapilvast Forest

भुकम्पको केन्द्रबिन्दु बिच्छ्यामा हिमपात र फाेन सम्पर्क नहुदा राहत तथा उद्धारमा समस्या

२०७९, ११ माघ बुधबारमा प्रकाशित

बाजुरा— मंगलबार हिजो दिउसो गएको भुकम्पको केन्द्रबिन्दु रहेको हिमाली गाउँपालिकाको बिच्छ्याको क्षेती बिवरण संकलनमा कठिनाई भएको छ । बाजुराको सबै भन्दा दुग्रम क्षेत्रको रुपमा रहेको बिच्छ्यामा के कती क्षेती भयो भन्ने कुराको आधिकारीक कुनै जानकारी नआईसकेको सरोकारवालाहरुको भनाई छ ।

बिच्छया क्षेत्रमा हिमपात भइरहेका कारण पनि सो क्षेत्रमा राहत तथा उद्धारमा कठिनाइ भइरहेको हिमाली गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिनुभयो ।

सबै वडाअध्यक्षहरुलाई म्यासेज गरेका छौ कुनै ठाउँमा पनि फोन सम्पर्क भइरहेको अवस्था नभएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताउनु भयो । वडाअध्यक्षहरुलाई फोन गर्दा पनि सम्र्पक नभएकोले बिच्छ्यामा के कती क्षेती भयो भन्ने कुराको कुनै जानकारी नभएको उनले बताए ।

प्रहरीको टोलीहरु सो क्षेत्रमा पठाएको भए पनि प्रहरीमा समेत सम्र्पक हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपक्षिक सुर्य थापाले जानकारी दिनुभयो । त्याहा गएको प्रहरी टोली पनि कहा पुग्यो भन्ने कुराको जानकारी नभएको उनले बताए ।

मंगलबार सम्म बिच्छयामा रहेको प्रहरी चौकीमा सम्र्पक गर्दा प्रहरी चौकी समेत क्षेती भएको र आसपासका क्षेत्रमा धेरै घरहरुमा क्षेती भएको जानकारी भएको त्यसपछि कुनै सुचना नआएको प्रहरी प्रमुख थापाले बताउनु भयो ।

हुम्ला घर भएकी एक बालिका हिमाली गाउँपालिकामा दिदिको घर आएकी र घाईते भएकी बालिकालाई ३ घण्टाको पदैलदुरी पछी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको प्रहरी प्रमुख थापाले बताएका छन । अहिले घाइते बालिका होसमा आइसकेको उनले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu