Connect with us
Kapilvast Forest

एमाले बाँडीचुँडी खाने पार्टी होइन : ओली

२०७९, ११ माघ बुधबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा अरु दलहरुले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको अराोप लगाउँदै उनले कार्यकर्ताहरुलाई भने उनीहरुको देखासिखी गरेर चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्नुहोस् ।

समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीतिक गर्न उनले निर्देशन दिए । एमाले दलबल गर्ने केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि उनले बताए ।

सामाजिक असन्तुष्टिलाई उपयोग गरेर र मौसमी खालका कुरा गरेर केही दल र नेताहरु ह्वात्त माथि आएको भन्दै उनले उनीहरुको राजनीति अस्थायी रहेको बताए । ओलीले भने हामीले त्यसरी एक अवधिको एउटा भुल्कोको राजनीति गर्ने होइन त्यो दिगो हुँदैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu