Connect with us
Kapilvast Forest

पूर्वसचिव खनालले सुरू गरे नयाँ वैवाहिक जीवन

२०७९, १३ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं- पूर्वसचिव रामेश्वर खनालले नयाँ वैवाहिक जीवन सुरू गरेका छन् । सरिता शर्मा पोखरेलसँग बिहीबारदेखि खनालले नयाँ दाम्पत्य जीवन सुरू गरेका हुन् । २१ असोज २०७६ मा खनालकी श्रीमती सुचित्रा खनालको क्यान्सरका कारण निधन भएको थियो ।

त्यसपछि एकल जीवन बिताइरहेका खनाल र १९ वर्षदेखि एकल जीवन बिताइरहेकी शर्माले आफ्ना आफन्त र परिवारको प्रस्तावलाई स्वीकार्दै सहयात्रा गर्ने निर्णय गरेका हुन् पारम्परिक रुपमा विवाह गरेका हैनौं बाँकी जीवन साथै बिताउने निर्णय गरेका हौं खनालले अनलाइनखबरसँग भने परिवारको साथ र समर्थनमा हामीले सहयात्रा थालेका छौं ।

खनाल र शर्मा दुवैका एक–एक छोरी छन् । शर्माको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । विवाहको ६ वर्षमै छोरी ५ वर्षको हुँदा पति वियोग सहेकी शर्माले एकल महिलाकै रुपमा छोरीलाई लालनपालन र शिक्षा दिक्षा दिएकी थिइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu