Connect with us
Kapilvast Forest

चोरीको चुरोट किनेको आरोपमा कलैया ३ का वडा अध्यक्ष पक्राउ

२०७९, १३ माघ शुक्रबारमा प्रकाशित

pakrau

बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मोहन साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चोरीको चुरोट उनको साथबाट बरामद भएपछि प्रहरीले उनलाई सेधपुछका लागि नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । एक कार्टुन चुरोटको एक लाख जति पर्ने दावी गोदाम सञ्चालकको छ ।
चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको भनेपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले वडा अध्यक्षलाई चोरी भएको चुरोट खरिद गरेको आरोप लागेपछि सोधपुछका लागि बोलाएको जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu