पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेसावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ । पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी ४४ जनाको ज्यान गएको घटनाको उहाँले निन्दा गर्नुभएको हो ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सो घटनाको निन्दा गर्दै नागरिकको शान्तिपूर्ण रूपमा आफ्ना धार्मिक आस्था भएका स्थानमा उपस्थित हुन र पूजा गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।