Connect with us
Kapilvast Forest

कर्णालीका विद्यार्थीको काठमाडौँ घुमघाम

२०७९, १७ माघ मंगलवारमा प्रकाशित

कर्णाली प्रदेशको राजधानी सुर्खेत आइपुग्न पनि कर्णालीका विद्यार्थीलाई मुस्किल नै हुन्छ । तैपनि ससाना विद्यार्थी उत्साहपूर्वक काठमाडौँ आइपुगे । पहिलो पटक घुम्न पाउँदा उनीहरू असाध्यै खुसी भए । उनीहरूसँगै अभिभावकले पनि रमाएर घुमे । कर्णालीका आठ जना विद्यार्थी हवाईजहाज चढेर आउन पाउँदा भने दङ्ग थिए ।

दैलेखको गुराँस गाउँपालिकाका डिलकुमारी पुनमगर कक्षा १० मा पढ्नुहुन्छ । उहाँ लालीगुराँस बाल क्लबको अध्यक्ष भएर काम गरिरहनुभएको छ । आफ्नो विद्यालय, वडा र गाउँमा हुने बालबालिकासम्बन्धी हरेक कार्यक्रममा उहाँको उपस्थिति हुन्छ ।

बाल हिंसा, महिला हिंसा अनि समाजका नकारात्मक विषयको विरुद्धमा आवाज उठाउने डिलकुमारीलाई काठमाडौँ आउने र यहाँका ऐतिहासिक सम्पदा तथा प्रशासनिक र न्यायिक क्षेत्रको भ्रमण गर्ने अवसर जु-यो । पहिलो पटक जहाज चढेर काठमाडौँ आइपुग्दा उहाँले झन् धेरै खुसी व्यक्त गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu