डल कुशन बनाउने तालिम सम्पन्न
मोहम्मद इरफान मनसुरी,
कपिलवस्तु- महिला तथा किशोरीहरुलाई डल कुशन बनाउने तालिम सम्पन गृहिणीहरुलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्धेश्यले महाराजगञ्ज नगरपालिका वडा नं.९ शिसवामा १०दिने आधारभूत डल तथा कुसन बनाउने तालिम सम्पन्न भएको छ ।
डायनामिक सामाजिक बिकास संस्था कपिलवस्तु न.पा.१२,को आयोजना तथा महाराजगञ्ज नगरपालिका ९ नं.वडा कार्यालय को आर्थिक सहयोगमा मिति २०७९ माघ ०८ देखि आज मंगलबार सम्म तालिम सञ्चालन गरिएको थियो । तालिममा २५ जना सहभागी रहेको ।
तालिम समापनमा महाराजगञ्ज नगरपालिका वडा नं ९ का वडा अध्यक्ष फरिद अहमद मुसलमानले गृहिणी दिदी बहिनीहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले आयोजना गरिएको तालिम अत्यन्तै प्रभावकारी रहेको विश्वास व्यक्त गर्नुभयो ।
समापनमा प्रमुख अतिथि रहनुभएका वडा अध्यक्षले यस किसिमका कार्यक्रमले सकारात्मक सोचको अभिवृद्धि हुनुका साथै स्वावलम्वन र आत्मनिर्भर बनाउन सघाउ पुग्ने बताउनु भयो । त्यस्तै डायनामिक सामाजिक बिकास संस्थाका अध्यक्ष मोहम्मद इरफान मनसुरीले सञ्चालित तालिम समापनमा स्थानिय उत्पादन बाट स्वरोजगार बनाई आय आर्जन बढाई आर्थिक रुपमा मजबुत बनाई सहज जिवनयापनमा सहयोग पुग्ने उद्देश्यले सिपमुलक तालिम महिलाहरुमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।