कपिलवस्तुमा ११ क्युन्टल ४० किलो अखाद्यय मह नष्ट
सनिउल्ला धोबी,
कपिलवस्तु चन्द्रौटामा रहेको वडा प्रहरी कार्यलयले बरामद गरेको अखाद्य (नक्कली) मह नष्ट गरेको छ । गत आइतबार साझ शिवराज नगरपालिका ३ छालाफेक्ट्री नजिकैबाट बरामद गरेको ११ क्युन्टल ४० किलो अखाद्य (नक्कली) मह नष्ट गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिल जंग शाहिले जानकारी दिनु भयो ।
७६ वटा डिब्बामा बेच्नका लागि अन्यत्र पठाउन लागेको अवस्थामा मह बरामद गरीएको हो । विशेष सुराकीको आधारमा ११ क्युन्टल ४० किलो अखाद्य मह बरामद गरि खडल खनी नष्ट गरेको प्रहरीले जनाएको छ ।
चिनि लगायतक विभिन्न हानिकारक तत्वबाट बनेको २ लाख ८५ हजार मुल्य बराबरको नक्कली मह नष्ट गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शाहिले बताउनुभयो ।
कपिलवस्तुको चन्द्रोटा उद्योग बाणिज्य सघंका प्रतिनिधी, पत्रकार, राजनितिक दलका प्रतिनिधीको रोहबरमा अखाद्यय मह नष्ट गरीएको हो ।