वैचारिक द्वन्द्वको कथा: गान्धी गोडसे एक युद्ध
काठमाडौँ- निर्देशक राजकुमार सन्तोषी करिब नौ वर्षपछि निर्देशनमा फर्किएका छन्। यस पटक उनले अघिल्ला चलचित्रभन्दा पूर्ण रूपमा फरक कथा दर्शकसामु पस्किन खोजेका छन्। चलचित्र गान्धी गोडसे एक युद्ध गान्धी र गोडसेबीचको वैचारिक युद्धको काल्पनिक कथा हो।
अगस्ट १९४७ मा देशको स्वतन्त्रता जहाँ बेलायती दासत्वबाट मुक्तिको खबर आयो। त्यसै क्रममा देशको विभाजनपछि मनभित्र विभाजनको पीडा लुटपाट र दुःखको नयाँ युग सुरु भयो। देशमा अशान्ति भयो।
राष्ट्रपिता महात्मा गान्धीले पनि विरोधको आवाज सुन्नु प-यो। ३० जनवरी १९४८ मा नाथुराम गोडसेले राष्ट्रपिता गान्धीको गोली हानी हत्या गरेका थिए। यो चलचित्र पनि त्यही त्रासदीको काल्पनिक विस्तार हो।