सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर बिजोग : फोटो फिचर
काठमाडौं- देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमै ढल फुटेर बिजोग भएको छ । हिजो मंगलबारदेखि बगेको फोहोर आज बुधबार बिहानसम्म सफा गरिएको छैन ।ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ । त्यही माथिबाट गाडीहरु गुड्दा अनामनगर घट्टेकुलो चोकसम्मै सडक फोहोर भएको छ । पैदलयात्रुहरुलाई बाटो छिचोल्नै कठिन भएको छ ।

एक जना स्थानीयले त्यही फोहोरमा चिप्लिएर दुई जना मानिस लडेको देखेको बताउनु भयो । दुई जना मानिसहरु ढलमा चप्लिएर लडेको मैले देखें । सडक पूरै फोहोरै फोहोर छ तर सफा गरिएको छैन प्रत्यक्षदर्शी बुद्ध परियारले भन्नुुभयो ।
