Connect with us
Kapilvast Forest

संसदमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनै पर्ने कानुनी व्यवस्था गर्छौं : प्रमुख निर्वाचन आयुक्त

२०७९, १८ माघ बुधबारमा प्रकाशित

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक राजनीतिक दलले प्रत्यक्षतर्फ अनिवार्य ३३ प्रतिशत महिला उम्मेदवार बनाउनै पर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

बुधबार बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आफ्नो भनाइ राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । निर्वाचन सम्बन्धी नयाँ विधेयकबारे जानकारी दिनुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए ।

उहाँले आयोगले तयार पारिरहेको विधेयक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि अघि बढाइने पनि बताउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी सो विधेयकलाई चैत महिना भित्र संसदमा पेस गर्नेगरी आवश्यक तयारी भइरहेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu