Connect with us
Kapilvast Forest

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व हो : प्रधानमन्त्री प्रचण्ड

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । सिमसार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र सङ्कटमा पर्दै गएको उल्लेख गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री प्रचण्डले सिमसार क्षेत्रको संरक्षण संवर्धन तथा दिगो व्यवस्थापन गरी त्यहाँबाट उत्पादन हुने वस्तु र सेवाको दिगो सदुपयोगका लागि तीन तहका सरकार, स्थानीय समुदाय र निजी क्षेलाई आह्वान गर्नुभएको छ ।

दिवस अवसरमा उहाँले सफा जल र स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक सिमसार क्षेत्रको संरक्षण संवर्धन र सदुपयोग गर्नका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले यसका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्थाका लागि आपसी समन्वय सहकार्य र सह–अस्तित्वसहित सिमसार क्षेत्रको संरक्षण गर्न आग्रह गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu