Connect with us
Kapilvast Forest

डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा विद्यालय

२०७९, २१ माघ शनिबारमा प्रकाशित

खोटाङ- खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो ।

वि.सं. २०७८ भदौ १२ गते उक्त विद्यालयमा रहनु भएका एक जना शिक्षकको सरुवा भएपछि विद्यालयको पूरै जिम्मा कार्यालय सहयोगी हिरा थापा मगरको काँधमा आएको हो । कक्षा एकदेखि तीनसम्म सञ्चालन भइरहेको उक्त विद्यालयमा अहिले १४ जना विद्यार्थी अध्ययनरत छन् । तीन वटै कक्षाका विद्यार्थीलाई डेढ वर्षदेखि कार्यालय सहयोगी मगरले अध्यापन गराइरहनु भएको छ । विद्यालयमा अन्य शिक्षक नभएपछि बिरामी हुँदासमेत विद्यालय जानु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu