Connect with us
Kapilvast Forest

पार्टीको बैठकअघि रविले भेटे : प्रधानमन्त्री प्रचण्ड

२०७९, २२ माघ आईतवारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको केन्दिय समिति र संसदीय दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।

चितवन(२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुन: नागरिकता लिएपछि गैरसांसद गृहमन्त्री बन्ने कसरतमा रवि लागेका छन् ।लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक छैनन् ।

त्यसैले अब के गर्ने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दिय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गर्ने छ । बैठकपछि सभापति लामिछानले संयुक्त पत्रकार सम्मेलन पनि गर्दै छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu