Connect with us
Kapilvast Forest

टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनु आवश्यक : सञ्चारमन्त्री शर्मा

२०७९, २२ माघ आईतवारमा प्रकाशित

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ ।
नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्ने जानकारी दिनुभयो ।

उहाँले नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा कम्पनीको प्रशंसनीय कार्य रहेको भन्दै आगामी दिनमा यसलाई अझ व्यापक बनाउन निर्देशन दिनुभयो ।विगतका सरकारले अघि सारेको घरघरमा इन्टरनेट र हातहातमा मोबाइलको महत्वाकाङ्क्षी नाराले सार्थकता पाएको भन्दै उहाँले आगामी दिनमा आफ्नै भू–उपग्रह स्थापना गरेर सेवा दिने लक्ष्य लिनुपर्ने बताउनु भएको छ ।

सरकारको अधिकांश स्वामित्व भएको संस्थाले सरकारको सोच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अतिविकट स्थानमा नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको भएको जानकारी गर्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu