Connect with us
Kapilvast Forest

भीम पराजुलीले सुरु गरेको विराटनगरको आकाशे पुल नागेशले रोके

२०७९, २३ माघ सोमबारमा प्रकाशित

विराटनगर- विराटनगरमा अघिल्लो कार्यकालमा ठेक्का लागेका तीनवटा आकाशे पुल मेयर नागेश कोइरालाले निर्माण गर्न नचाहँदा सुरु भइसकेको काम अलपत्र परेको छ । कञ्चनबारी बरगाछी र रोडशेष चोक (पाञ्चाली मोड) मा २०७७ माघमा २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लागेका आकाशेपुल नयाँ नेतृत्वले चासो नदेखाएपछि निर्माण अलपत्र परेको हो ।

महानगरपालिकाले आकाशे पुल बनाउने भनिएको तीन वटै ठाउँमा स्थानीय वासिन्दाको अवरोध छ । कञ्चनबारीमा कांग्रेस नेता चुमनारायण तबदारलगायतले आफ्नो घर अगाडि आकाशे फुल नबनाउन दबाव दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj