Connect with us
Kapilvast Forest

कृष्णनगरमा प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु

२०७९, २४ माघ मंगलवारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगीता सुरु भएको छ । नगरपालिकामा रहेका सामुदायिक तथा निजि विद्यालयहरु बिच विभिन्न खेलकुदका विद्यामा रनिङ शिल्ड प्रतियोगिताको आज उद्घाटन गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले खेलकुदले विद्यार्थीहरुमा अनुशासनको पालना सगै आपसी सद्भाव कायम गराउने बताउनु भयो । खेलकुदले नगरको पहिचानलाई अन्तरास्ट्रिय स्तर सम्म पुराउन सहयोग गर्ने हुदा नगरले शिक्षा सगै खेलकुदलाइ पनि प्रथमिकता दिनु पर्ने शाहले बताउनु भयो । नगरले प्रथम पटक संचालन गर्न सफल भएको राष्ट्रपति रनिङ शिल्ड र मेयर कप खेल उद्घाटन सत्र निकै सौहाद्रपुर्ण र अनुशासित भएको भन्दै सहभागी खेलाडिहरुलाइ जितको सुभकामना समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाहले पहिलो पटक सुरुवात गरिएको रनिङ शिल्ड र मेयर कपको तयारिमा केही कमि भए पनि आगमी दिनमा यसको सिकाइबाट ब्यबस्थित बनाउदै लगिने र विद्यालयमा पठन पाठन सगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाइ सहभागी गराइ खेलकुदलाइ विशेष प्राथमिकता दिइने बताउनु भयो ।स्वस्थकालागी पनि खेलकुद अपरिहार्य भएकोले विद्यालयहरुले शिक्षण सिकाइ सग सगै खेलकुदमा पनि विद्यार्थीलाई सहभागी गराउनु पर्ने मेयर शाहले बताउनु भयो ।नगरकै सानको रुपमा यस प्रतियोगिताले जिल्लामा नै फरक पहिचान बनाउने र जिल्लाकै उत्कृष्ट मर्छ पास विद्यार्थीहरुले प्रदर्शन गरेको समेत शाहले बताउनु भयो ।

खेलकुदले बिद्यार्थीलाई अनुशासनमा राख्ने र शारीरिक सुगठनको लागि सहयोग पुग्ने भएकोले खेलकुदमा विद्यार्थीलाई सहभागी बनाउनु पर्ने प्रमुख प्रशासकिय अधिकृत इश्वरि प्रसाद शर्माले बताउनु भयो । शिक्षाको शसर्त कार्यक्रम अन्तर्गत रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिगतमा बर्षमा बिबिध कारणले खेलाउन नसकिए पनि यस बर्षबाट सुरुवात गर्न सफल भएको शर्माले बताउनु भयो । खेललाइ भब्य सभ्य रुपमा सम्पन्न गर्न सम्पुर्ण नगरको शिक्षा शाखा , जिल्ला खेलकुद बिकास समिती, प्राबिधिक टिम विद्यालयका प्रअ , ब्यबस्थापन समिती, प्रतिस्पर्धि बिद्यार्थीहरुलाइ आग्रह गर्नु भयो ।
कृष्णनगर बहादुरगन्जमा रहेको रामगोरखा माध्यमिक विद्यालयको खेल मैदानमा आज बाट सुरु भएको प्रतियोगितामा नगरका १४ वटा बिधालयहरुको सहभागीता रहेको आयोजक कृष्णनगर नगरपालिकाले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu