Connect with us
Kapilvast Forest

आर्थिक समाजिक रुपान्तरणमा दुर संचार क्षेत्रले पुरएको योगदानका बिषयमा कार्यशाला गोष्ठी

२०७९, २४ माघ मंगलवारमा प्रकाशित


कपिलवस्तु –

कपिलवस्तुको तौलिहवामा आर्थिक समाजिक रुपान्तरणमा दुर संचार क्षेत्रले पुरएको योगदानका बिषयमा कार्यशाला गोष्ठी संपन्न गरिएको छ । ईनोभेटिभ मिडिया एन्ड मह्लटीपल बिजनेश प्रालि काठमान्डौको आयोजना र नेपाल दुर संचार प्राधिकरण जमल काठमाण्डौको सहकार्यमा कार्यशाला संपन्न गरिएको थियो ।

सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नेपालको आर्थिक र सामाजिक विकासमा दुर संचारले उल्लेखनिय भुमिका खेलको बताए । उनले दुर संचारले प्रदान गर्दै आएको बिभिन्न सेवाहरुले लाखौ सेवाग्राही लाभांबित भएको बताए । उनले दुर संचारद्धरा प्रदान गरिएको सेवा सुबिधालाई दुरदराज सम्म लैजानु पर्ने र सेवालाई थप गुणस्तीय र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

सो अवसरमा दुरसंचारका निर्देशक दिपेश आचार्यले रेट, गण्स्तर र सेवाको पहुचमा बिगतको तुलनामा केही हद सम्म संतुष्टी मिल्ने गरी काम गरेको दाबी गरे । सुधार गर्नु पर्ने ठाृ अझै रहे पनि सुचना र प्रबिधिको विकासमा अग्रणी संसथाकोरुपमा काम गर्दै आएको उनले बताए । शहरी क्षेत्रमा च्वाईको सुबिधाका कारण तीब्र प्रतिस्पर्धाका कारण सेवाग्राहीले बिस्तारै सेवा सुबिधा राम्रो पाउदै गउको उनले बताए । उनले दुर संचारको सेवाका कारण बिजुलीको बिल, मोबाईल बाटौ रकम ट्रान्र्फर लगायतका सेवा प्राप्त गरिएकाले अहिले जनताहरु लावांबित भएको बताए ।

उनले सेवालाई अझ मर्यादीत गुणस्तीय बनाउन आफुहरु लागी परेको बताए । उनले करोना कालमा समेत सेवा दिएर पठनपाठन तथा अन्य कार्यंक्रम गर्न समेत सजह गरेको बताए । सो अवसरमा तौहिलवा उदोग बाणिज्य संघका अध्यष गयादीन कुर्मीले दुर संचार संस्था नाफामुलक मात्र नभै सेवालाई प्रभावकारीरुपमा दिनु पर्ने बताए । उनले सेवा सुबिधाको स्तर बढाउदै दुर संचारले जनताको बिश्वसा जित्ने गरी काम गर्नु पर्ने बताए ।

सो अवसरमा प्रालिका सुर्य प्रसाद लामिछानेले दुर संचारले प्रदान गरेको सेवाका बिषयमा जानकारी गराएका थिए । सो अवसरमा आर्थिक समाजिक रुपान्तरणमा दुर संचार क्षेत्रले पुरएको योगदानका बिषयमा कार्यपत्र समेत प्रस्तुत गरिएको थिया । प्रालिका संचालक सिबि खडकाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, सामाजिक अभियन्ता हरिराज शर्मा अधिकारकर्मीै पुष्पा रेग्मी राजेश ज्ञवाली लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu