Connect with us
Kapilvast Forest

जनयुद्ध दिवसमा सार्वजनिक बिदा

२०७९, २५ माघ बुधबारमा प्रकाशित

कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को माघ २३ गते सोमबार बसेको बैठकले कर्णाली प्रदेशभर फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सोसम्बन्धी जानकारी सूचनामा दिएको छ।

सोमबारको निर्णयअनुसार प्रदेश सरकारका प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीलाई तोकिएको छ। फागुन महिनादेखि मन्त्रिपरिषद्को बैठक प्रत्येक महिनाको दोस्रो र चौथो हप्ताको बुधबार दिनको ४ बजे बस्ने निर्णयसमेत बैठकले गरेको छ।

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन बजेट तथा कार्यक्रम कार्यान्वयन र कार्य जिम्मेवारीका विषयमा तीनवटा निर्णय सार्वजनिक गरेको छ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सातवटा मन्त्रालय कायम भएका छन्। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभिएको छ। सोअनुरूप भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय नामकरण गरिएको छ।

मन्त्रालयको कार्यसञ्चालनमा सहजताका लागि चालू आर्थिक वर्षको असार मसान्तभित्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना र दरबन्दीको व्यवस्था गर्ने निर्णय सरकारले गरेको छ।

एकीकृत मन्त्रालयको नाममा चालू आर्थिक वर्षको असार मसान्तसम्म साबिकमा दिइएको अख्तियारीअनुसार नै बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको छ। हाल कार्यरत प्रदेश सचिव (भौतिक पूर्वाधारतर्फ र ऊर्जा तथा जलस्रोततर्फ) साबिककै जिम्मेवारीअनुसार कामकाज गर्ने र एकअर्काको अनुपस्थितिमा एकले अर्काको कार्यसम्पादन गर्नुपर्ने निर्णय बैठकले गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu