जनयुद्ध दिवस मनाउन कर्णालीमा फागुन १ गते सार्वजनिक बिदा
सुर्खेत- कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश र स्थानीय तहका र्यालयका लागि फागुन १ मा सार्वजानिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।जनयुद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ गतेलाई दिवसका रुपमा मनाउँदै आएको छ ।