मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सर्लाही- नवलपुर–मलङ्गवा सडकअन्तर्गत सर्लाहीको कविलासीमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा कविलासी नगरपालिका–९ लेमपुर बस्ने ब्रह्मदेव रायका छोरा २७ वर्षीय डिकेश रायको मृत्यु भएको हो ।
मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडक छेउमा गाडिएको पिलरमा ठोक्किँदा मोटरसाइकल चालक रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा राइको घटनास्थमै मृत्यु भएको भनी बुधबार बिहान स्थानीयबाट खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।