Connect with us
Kapilvast Forest

सीमाको अवस्था बुझ्दै सुरक्षा अधिकारी

२०७९, २५ माघ बुधबारमा प्रकाशित

सर्लाही- सर्लाहीमा भर्खरै सरुवा भएर आउनुभएका सुरक्षा अधिकारीले केही दिनदेखि नेपाल–भारत सीमाको अनुगमन तीव्र पार्नुभएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितका सुरक्षा अधिकारी नियमित सीमा क्षेत्रको अवस्था बुझ्न निस्कनुभएको हो ।

सर्लाहीमा प्रमुख जिल्ला अधिकारी यादवसहित प्रहरी उपरीक्षक नरेशराज सुवेदी सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख एवं उप–अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेलसहितको टोलीले सीमा क्षेत्रको नियमित स्थलगत अनुगमन गरिरहनुभएको जिल्ला प्रशासन कार्यालय मलङ्गवाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्वी भेग पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुरदेखि स्थलगत अनुगमन सुरु गरी अहिलेसम्म सदरमुकाम मलङ्गवास्थित खुटौनासम्मको सीमा क्षेत्र अनुगमन गरिसकिएको बताउनुभयो । उहाँले खुटौनाबाट पश्चिम मधुवनी छतौना बाराउद्योरण बलरालगायतका नाकाको अनुगमन गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu