तौलिहवा– महिताको बाटा ध्वस्त बन्दै
कपिलवस्तुको तौलिहवाको कृषि बैक देखि महिता सम्मको बाटो ध्वस्त बनेको छ । निर्माण कार्य बिच मै रोकिए पछि ढेड बर्ष बढी देखि अलपत्र अवस्थामा रहेको सो बाटो ध्वस्त बनेको हो ।
बाटोमा ठूल्ठुला खाल्टा खुल्टी छन । सामान्य बर्षा हुदा बाटामो पानी जम्छ । घाम लागेको बेला धुलोले गर्दा सो बाटो हिडनै मुस्किल पर्छ । सो बटोमा १२ देखि २० चक्के सम्म ट्रक र टिप्पर चल्ने गरकोले बाटो ध्वस्त बनेको छ ।
त्यही बाटो अन्र्गत सडक छेउमा घर भएका तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले अलपत्र बाटो निर्माणमा कसैले ध्यान नदिएको गुनासो गरे । ‘ बाटो ध्यवस्त बनेको छ अलपत्र अवस्थामा त्यसै छाडिएको छ ’ उनले भने ।
संघ प्रदेश र स्थानीय पालिकाले समेत सो बाटो निर्मााणमा चासो नदिएको उनले आरोप छ । २० मिटर चौडा सडकका सडकको दाया बाया साढे सात साढे सात मिटरको अक्सफाल्ड कंक्रीड प्रबिधिले पक्की सडक बन्ने योजना छ ।
बिचमा मेडियन र सडको दुबै किनमार नाला र फुटपात समेत रहने गरी सकड निर्माणे योजना रहेको कपिलवस्तु नगरपालिकाका ईन्जीनीयर राजेश सैनीले बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल आफुले सो सडक चाडै निर्माण गर्नकालागि संबन्धित निकायमा ध्यानकषर्ण गराएको बताए ।
अब सो सडक निर्माण कार्य चाडै सुरु हुन्छ ’ उनले भने । संतोषी निर्माण कम्पनीमा ईन्जीनीयर सुजन पन्तले आफुहरुले नाली निर्माण गर्नेक्रममा सो बाटोको भेरिफिकेशन अर्डर स्विकृत नभएको कारण बिच मै काम बन्द गर्न बाध्य भएको बताए । उनले अब भने काम सुरु गरिने बताए ।