Connect with us
Kapilvast Forest

वडाध्यक्ष गैरेको माग सुनावाई नभए प्रशासन अघि अनसन बस्ने

२०७९, २६ माघ बिहीबारमा प्रकाशित

कपिलवस्तु तौलिहवा देखि महिता सम्मको ध्वस्त बनेको बाटा निर्माणमा ढिलाई गरिएको भन्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गरैले सो बाटो तत्कालै निर्माण सुरु गर्न माग गरेका छन ।

बाटो निर्माणको काम अलपत्र परेको ढेड बर्ष भन्दा बढी भएको भएको भन्दै तत्कालै निर्माण गर्न उनले माग गरेका हुन । तौलिहवामा हुलाकी लगायत अन्य स्थानमा रहेका बाटो निर्माणको काम अन्तिम चरणमा पुगेका बेला कृषि देखि महिता सम्मको १४ सय मिटर लामो बाटो जीण बन्दा यात्रुहरुलाई हिडन निकै कठिनाई भएको भन्दै वडाध्यक्ष गैरले सो बाटो तत्कालै निर्माण गरिनु पर्ने माग गरेका हुन ।

सडकको दाया बाया गरी २० मिटर चौडा रहने सो बाटो जीर्ण हुदा हिडनै मुस्किल हुने उनले बताए । ‘ बाटो निर्माण अलपत्र हुदा सो सडकको ठाउमा ठाउमा ठुला ठुला खाल्टा खुल्टी बनेको छन, दुर्घटना समते बढेको छ तर सम्बन्धित निकायले यसमा कुनै ध्यान दिएको छैन ’ उनले भने ‘ पटक पटक ध्यानाकष्र्ण गराउदा समेत कुनै सुनुवाई भएको छैन ’ उनले भने ।

आन्दोलन र चक्काजाम नगरे सम्म बाटा निर्माण हुने कुनै छाट नदेखिएको उनले गुनासो गरे । आफनै वडामा पर्ने सो बाटो निर्माणमा धेरै ढिलाई हुदा जनतालाई जवाफ दिदा समेत लाज लागेको बताए ।

उनले बाटो निर्माण तत्कालै नगरिए आफु बाध्य भएर प्रशासन अघि अनसन बस्ने चेतावनी समते दिए ।संघीय आयोजना कर्यान्वय ईकाई भैरहवाले सो सो सडक निर्माणकालागि संतोषी निर्माण कम्पनीलाई जिम्मा दिएको छ तर भेरिफिकेसन अर्डर स्विकृत नहृदा ठेकेदार कम्पनीले बिच मै ढेड बर्ष अघि देखि सो बाटो निर्माण रोकेको छ ।

ठेकेदार कम्पनीले नाला निर्माण गरीरहेको बेला नै भेरिफिकेशन अर्डर नआएको भन्दै काम देखि राकेको हो । तर अहिले भने ठेकेदार कम्पनीले सो बाटोमा केही टिप्पर ग्रबेल खसालेको छ ।

सो बाटो निर्माणकालागि ढाई महिना अघि कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल वडा नम्बर १ का अध्यक्ष जाहिद खा, वडाध्यक्ष प्रकाश गरै सहीतको टोलीले केन्द्रमा डेलीगेशन गई ध्यानाकषर्ण गराएको थियो । तर बाटो निर्माणको काम अझै सुरु हुन सकेको छैन ।