Connect with us
Kapilvast Forest

कालिकोटका कार्यालय प्रमुख सबै जिल्ला बाहिर

२०७९, २६ माघ बिहीबारमा प्रकाशित

कालिकोट- कालिकोटका अधिकांश सरकारी कार्यालयका प्रमुखहरू जिल्ला बाहिर छन् । अधिकांश कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि जिल्लामा सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् ।कार्यालय प्रमुखहरू कार्यालयमा नबस्ने र अधिकांश सुविधा सम्पन्न स्थानमै समय बिताउने गरेर आफ्नो अवधि कटाउने यहाँको चलन नयाँ भने होइन ।

पुरानो चलनमा आर्थिक मसान्त सक्ने बित्तिकै हराउने कार्यालय प्रमुख आजभोलि भने कहिले प्रदेश त कहिले सङ्घीय सरकारका कार्यक्रममा सहभागी हुन परेको भन्दै जिल्ला बाहिर बस्ने गरेका छन् । सेवाग्राहीहरूको कार्यालयमा भीड लाग्ने गरेको र महिनौँ सम्म सेवा लिन नपाएको स्थानीयको गुनासो छ ।

निमार्णको काम हेरिरहेको जिल्लाको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र बि सी र लेखापाल महाकृष्ण पाण्डे असार मसान्तको बेला मात्र कार्यालयमा हुने गरेका छन् । एक निमार्ण ब्यवसायीले भन्नुभयो ।

काम पूर्वाधार विकास कार्यालयसँग नै बढी हुन्छ तर कार्यालय प्रमुख र लेखापाल कहिल्यै नभेटिने निमार्णको काम ढिला हुँदा फेरी भनाई आफूहरूले पाउने गुनासो गर्नुभयो । जुनसुकै कार्यालय प्रमुख आए पनि कार्यालयमा नबस्ने चलन पुरानै रहेको उहाँको भनाई छ । उहाँले आफ्नो नाम भने सार्वजनिक नगरिदिन अनुरोध गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu