Connect with us

किन रोकियो भारतीय तरकारी प्रतिबन्धको प्रस्ताव

२०७९, २६ माघ बिहीबारमा प्रकाशित

काठमाडौं- गत वर्ष चितवनबाट आएका केरा किसान र तरकारी किसानले भारतबाट ल्याइने केरा र तरकारीले आफूहरु मारमा परेको गुनासो कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा राखेका थिए ।

चितवनका किसानले धेरै पटक भारतीय तरकारी कारण आफूहरुको उत्पादनले बजार र मूल्य नपाएको गुनासो धेरैपटक गरेका छन् । यस्तै गुनासो तराईका अन्य क्षेत्रको किसानको पनि छ ।

किसानहरुले पटक पटक भारतीय तरकारी तथा कृषिजन्य उत्पादनमा प्रतिबन्ध लगाउन माग गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वैशाखमा यो विषयमा छलफल आयोजना गरेको थियो । बैठकमा विज्ञहरुले नेपाल भारतमाथि तरकारीमा ६० प्रतिशतसम्म निर्भर रहेको आँकडा प्रस्तुत गरेका थिए ।

यो भयावह अवस्थालाई अन्त्य गर्ने प्रयासस्वरुप मन्त्रालयले गुपचुप रुपमा अध्ययन सुरु गर्‍यो र भारतीय तरकारी प्रतिबन्धको प्रस्ताव तयार गर्‍यो । आयातमा प्रतिबन्धको निर्णय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको राय सुझाव र अर्थ मन्त्रालयको सहमति लिएर मन्त्रिपरिषद्‍ले गर्नुपर्छ ।

कृषि मन्त्रालयले सहमति लिने उद्देश्यले यो प्रस्ताव अर्थमा प्रस्ताव पठायो । उक्त प्रस्तावमाथि अर्थ मन्त्रालयमा तथ्यांकमै आधारित भएर छलफल भएको एक उच्च अधिकारी बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu