Connect with us
Kapilvast Forest

विवेकशील साझाका नेताहरु फेरि एकै ठाउँमा

२०७९, २६ माघ बिहीबारमा प्रकाशित

काठमाडौं- विवेकशील साझा पार्टीको पहिलो महाअधिवेशन भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले विचारभन्दा माथि देश नामक प्रस्ताव ल्याएपछि पार्टी छाडेका नेताहरू पनि महाधिवेशनको पूर्वसन्ध्यामा विवेकशील साझामै सक्रिय भएका छन् ।

मिश्रले साउन २०७८ मा संघीयता खारेज र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि तत्कालीन संयोजक मिलन पाण्डेसँगै नेताहरू केशव दाहाल रञ्जु दर्शना रमेश पौडेल लगायतले पार्टी छाडेका थिए ।

११ जेठ २०७९ मा विवेकशील साझाको अध्यक्ष छाडेका मिश्र १२ असोजमा राप्रपा प्रवेश गरे । ४ मंंसिरको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसदको चौथो दल बन्दा विवेकशील साझाले भने समानुपातिकमा मुश्किलले ४ हजार मत पायो । विवेकशील साझा छाडेर स्वतन्त्र रूपमा चुनाव लडेकी रञ्जु दर्शना र साझा पार्टीबाट लडेका मिलन पाण्डे पनि पराजित भए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu