सुन चाँदीको मूल्य बढ्यो
काठमाडौं- नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला चार सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको कारोबार भइरहेको नेपाल सनु चाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला एक लाख चार हजार कायम भएको छ । यस्तै तेजाबी सुन आज प्रतितोला चार सय रुपैयाँले बढ्दै एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको छ।