Connect with us
Kapilvast Forest

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स गाभिने

२०७९, २९ माघ आईतवारमा प्रकाशित

काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बीच एक–आपसमा मर्जर गर्ने विषयमा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्षको उपस्थितिमा दुई कम्पनी बीच मर्जरको प्रारम्भिक सम्झौता भएको हो ।

सम्झौतामा आइएमईका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार दुवै कम्पनी एक–आपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ ।मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ ।

दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डिडिए रिपोर्टसमेतका आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu