चितवन-२ मा वैशाख १० गते उपनिर्वाचनको मिति घोषणा
काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन हुने भएको छ
निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० गते आइतबार गर्ने गरी उपनिर्वाचनको मिति घोषणा गरेको हो ।
चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि सांसद पद गएको थियो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट पुस १३ गतेको आदेश संसद पद खारेज गरेपछि फेरी चुनाव हुन लागेको हो।
नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा पुन निर्वाचन गर्नु पर्ने हुन्छ ।
मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गर्नु भएको थियो । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा श्रेष्ठले १५ हजार ९९ मत ल्याउनुभएको थियो। यस्तै एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत आएको थियो ।