Connect with us
Kapilvast Forest

महासचिव विप्लवद्वारा २८ औं जनयुद्ध दिवसको शुभकामना

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

१ फाल्गुन , काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालले अहिले सामना गरिरहेको आर्थिक , राजनीतिक संकटको उचित निकास दिन देशका सम्पुर्ण वामपन्थी , कम्युनिस्ट , देशभक्त र लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने भन्दै २८ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन।

सामन्तवाद र साम्राज्यवादको उत्पीडनबाट देशलाई मुक्त गरि जनवाद , समाजवाद र साम्यवादको लक्ष्य सहित शुरु गरिएको जनयुद्धको २८ औं वार्सिकोत्सवको अवसरमा एक प्रेस विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले यस्तो धारणा व्यक्त गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गरेको तर नयाँ जनवाद हुदै समाजवादमा अगाडि बढ्ने क्रममा भुमण्डलिकृत पुजिवाद, दलाल पुजिवाद र संशोधनवादको षडयन्त्रका कारण आफ्नो त्यो लक्ष्य हासिल हुन नसकेको भन्दै बिज्ञप्तीमा भनेका छन: “जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्यो किसान,मजदुर, महिला, श्रमिक समुदाय ,जनजाति ,मधेसी, आर्य ,मुस्लिम, सबैलाई एकताबद्ध गरेर बिद्रोहमा परिचालित गर्‍यो र एक स्तरको मुक्ति दिलायो।”

“हामी नेपालमा नयाँ जनवादी सत्ता स्थापना गरेर बैज्ञानिक समाजवादमा अगाडि बढन चाहान्थ्यौ।तर भुमण्डलिकृत पुजीवाद, दलाल पुजिवाद र संसोधनवादका षडयन्त्रका कारण हाम्रो त्यो लक्ष्य पुरा हुन पाएन।”

महासचिव विपलवले जनयुद्ध दिवसको अवसरम दिएको शुभकामना सन्देशमा शहिदहरुप्रति श्रद्धाञ्जली , बेपत्ताहरु प्रति स्मरण ,घाइतेहरुरप्रति सम्मान र बन्दीहरुको रिहाइको माग र सबैलाई शुभकामना दिदै बिज्ञप्तीमा भनेका छन:जनयुद्ध दिवस नेपाली श्रमिक जनताको गौरवपुर्ण पर्व हो।यस सुखद अवसरमा हामी हजारौं- हजार शहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।साथै बेपत्ता योद्दाहरुप्रति स्मरण र सम्मान व्यक्त गर्दछौ। सम्पुर्ण घाइतेहरूलाई सम्मान र अभिबादन गर्दछौ।आदरणीय शहिद परिवारप्रति भावपुर्ण समवेदना व्यक्त गर्दछौ।बन्दी कमरेडहरुलाई सम्मान गर्दै यथाशीघ्र मुक्त गर्न माग गर्दछौ।जनयुद्ध दिवसको अवसरमा सम्पुर्ण श्रमिक जनता, नेता कार्यकर्ताका विचमा शुभकामना व्यक्त गर्न चाहान्छु।”

यस्तो छ नेकपा महासचिव विप्लवद्वारा जारी बिज्ञप्तीको पुर्ण पाठ :

जनयुद्ध दिवस नेपाली श्रमिक जनताको गौरवपुर्ण पर्व हो।यस सुखद अवसरमा हामी हजारौं- हजार शहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।साथै बेपत्ता योद्दाहरुप्रति स्मरण र सम्मान व्यक्त गर्दछौ। सम्पुर्ण घाइतेहरूलाई सम्मान र अभिबादन गर्दछौ।आदरणीय शहिद परिवारप्रति भावपुर्ण समवेदना व्यक्त गर्दछौ।बन्दी कमरेडहरुलाई सम्मान गर्दै यथाशीघ्र मुक्त गर्न माग गर्दछौ।जनयुद्ध दिवसको अवसरमा सम्पुर्ण श्रमिक जनता, नेता कार्यकर्ताका विचमा शुभकामना व्यक्त गर्न चाहान्छु।

जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्यो किसान,मजदुर, महिला, श्रमिक समुदाय ,जनजाति ,मधेसी, आर्य ,मुस्लिम, सबैलाई एकताबद्ध गरेर बिद्रोहमा परिचालित गर्‍यो र एक स्तरको मुक्ति दिलायो।हामी नेपालमा नयाँ जनवादी सत्ता स्थापना गरेर बैज्ञानिक समाजवादमा अगाडि बढन चाहान्थ्यौ।तर भुमण्डलिकृत पुजीवाद, दलाल पुजिवाद र संसोधनवादका षडयन्त्रका कारण हाम्रो त्यो लक्ष्य पुरा हुन पाएन।

आज देशले भयानक संकटको सामना गर्नु परिरहेको छ।यसको मुल कारण सत्ता जनताको हातमा नपुग्नु अर्थात बैज्ञानिक समाजवाद स्थापना नहुनु नै हो। देशको कंगालिकरण , नवऔपनिवेशिक अवस्था र अराजकताको अग्रगामी निकास पनि दलाल पुजिबादको अन्त्य र समाजवादको स्थापना मात्र हो। तसर्थ सम्पुर्ण वामपन्थी, कम्युनिस्ट ,प्रगतिशील ,देशभक्त एबम लोकतान्त्रिक शक्तिहरू एक भएर देशलाई परिवर्तन तिर अगाडि बढाउन एकतावद्द बनौ।

हामी स्पष्ट गर्न चाहान्छौ ,नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्ति, बैज्ञानिक समाजवाद मार्फत देशलाई निकास दिन चाहान्छ।सबै क्रान्तिकारीहरुलाई एकताबद्ध गरेर नेतृत्व दिन चाहान्छ। बिचार मिल्ने सङ्ग एकता र मुद्दा मिल्ने सङ्ग सहकार्य गर्दै अगाडि बढ्न चाहान्छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu