Connect with us
Kapilvast Forest

जीर्ण वीरेन्द्र पुल बर्षौ देखि मर्मत नहुँदा सकस

२०७९, ६ फाल्गुन शनिबारमा प्रकाशित

मुगु- जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिकाको वडा नं.– ९ मा पर्ने कालै क्षेत्र र सोरुकोट जोड्न पुल जीर्ण बनेपछि स्थानीयलाई समस्या भएको छ । जीर्ण अवस्थाको पुल मर्मत नहुँदा वर्षो देखि स्थानीयवासी आवतजावतमा सास्ती व्यहोर्नु परेको छ ।

तत्कालीन राजा वीरेन्द्रको निर्देशनमा २०३९ सालमा निर्माण गरिएको कालै पुल कुनै समय कर्णाली नदी पार गर्न वरदान साबित भएको भए पनि अहिले पुल पार गर्दा ज्यान जाने त्रास भएको स्थानीय कृष्णप्रसाद जैसी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो कालै पुलबाट नदी पार गर्न दैनिक दर्जनौँ स्थानीय र चौपाया आउजाउ गरेका हुन्छन् तर जीर्ण पुलका खापा उप्किँदा हिँड्दा हिँड्दै खुट्टा फस्ने गरेको छ उहाँले भन्नुभयो । कालैका स्थानीय होर्यानाथ योगीले गएको असोजमा लेखबाट बेसीमा भेडा सार्दा पुलबाट खसेर पाँच वटा भेडा कर्णाली मा बेपत्ता भएको स्मरण गर्नुभयो ।

सोरु गाउँपालिका वडा नं.– ५ का स्थानीय पदमराज रोकायाले पुल जीर्ण भएकाले आउजाउ गर्ने स्थानीय ज्यानको बाजी राखेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो मेरो छोरोको सोरुकोट गाउँपालिकामा नागरिकता बनाउन जाने क्रममा पुलको स्टिल जीर्ण भएकाले खुट्टा फस्यो धन्न खुट्टा भाँचिएन कर्णाली पार गर्ने मुख्य नाकाको हालत यस्तो छ अन्त झन् कस्तो होला ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu