Connect with us
Kapilvast Forest

मेयर बालेनले सञ्चारमन्त्री शर्मालाई भेटे

२०७९, १४ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई भेटेका छन् ।

मेयर बालेनले काठमाडौं महानगर भित्रको इन्टरनेट लगायतका तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा मन्त्री शर्मासँग छलफल गरेका हुन् । अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएकोले त्यसलाई कसरी नियमन गर्ने भनेर बालेनले मन्त्री शर्मासँग छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

छलफलको क्रममा तारलाई व्यवस्थित गर्नका लागि व्यवस्थापनदेखि कारबाहीसम्मको विषयमा चर्चा भएको सचिवालयले जानकारी दिएको छ ।

भेटमा मन्त्री शर्माले सरकारले नियमन गर्ने ऐन बनाइरहेको बताउँदै त्यसलाई चाँडै समितिमा पठाउने जानकारी गराएकी थिइन् ।

सामाजिक सञ्जाल नियमन गर्ने विषयमा समेत छलफल

पछिल्लो समय बढिरहेको ‘फेक’ समाचारलाई कसरी नियमन गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको छ । मेयर बालेन र मन्त्री शर्माबीच गुगल, फेसबुक, ट्वीटर, यूट्यूब लगायतका सामाजिक सञ्जालहरुको नेपालमा कार्यालय खोल्न पनि पहल गर्ने विषयमा छलफल भएको मेयरको सचिवालयले जनाएको छ ।

खा शर्मा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu