Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था सम्बन्धी अध्यादेश पेश

२०७९, १७ फाल्गुन बुधबारमा प्रकाशित

लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश पेश भएको छ । सभाको छैठौं बैठकमा स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश सभामा पेश गरेका हुन् । बैठकमा मुख्यमन्त्री लिला गिरीकोतर्फबाट स्वास्थ्य मन्त्री पन्थीले नै मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा सभामुख तुलाराम घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन सम्बन्धी पत्रहरु पढेर सुनाएका थिए । लुम्बिनी प्रदेश सरकार तीन पटक बिस्तार गरिएको थियो । पुस २८ गते तीन सदस्यीय, माघ २८ मा थप ७ जना मन्त्री र फागुन ७ गते थप एक जना नयाँ मन्त्री नियुक्त भएका थिए ।

दश मन्त्रालय र ११ मन्त्री रहेको प्रदेश सरकारमा नेकपा एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेर्नेगरी जिम्मेवारी दिइएको छ । त्यसअघि उनी कृषि तथा भूमि व्यवस्था मन्त्री थिए । संसदको आगामी बैठक अर्को सुचना टाँस गरेर जानकारी दिइने प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए ।

समर्थन फिर्ता भएन

आजको बैठकमा नागरिक उन्मुक्ति पार्टी र लोकतानित्रक समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए पनि फिर्ता लिएका छैनन् । लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नजजेता सन्तोष पाण्डेयले ८ दलको बैठकले गर्ने निर्णयका आधारमा अघि बढ्ने समझदारी अनुसार समर्थन फिर्ता नलिएको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu