Connect with us
Kapilvast Forest

प्रदेश बलियो बनाउन अधिकार दिनुपर्छ : मुख्यमन्त्री शाह

२०७९, २० फाल्गुन शनिबारमा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई बलियो बनाउन सङ्घीय सरकारले आवश्यक कानून बनाएर पर्याप्त अधिकार दिनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको तेस्रो साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले सो कुरा बताउनुभएको हो ।

सङ्घीय सरकारबाट अधिकार लिन आफूले प्रयास गर्ने उहाँको भनाइ छ । सुदूरपश्चिमसँग सेती महाकाली कर्णालीजस्ता ठूला नदी धार्मिक तथा पर्यटकीय क्षेत्र र जडीबुटी हुँदा समेत हामी गरिब हुनु दुःखद भएको उहाँको भनाइ छ ।

आफू समस्यासँग जुधेर परिणाम ल्याउने प्रतिवद्धता जनाउनुभयो । मलाई पत्रकारिता क्षेत्रको सहयोग चाहिन्छ पत्रकारिता क्षेत्रले प्रदेशको सल्लाहकारका रुपमा सहयोग गर्न जरुरी छ उहाँले बताउनुभयो ।
मुख्यमन्त्री शाहले आवश्यक अध्ययन गरेर सुदूरपश्चिम प्रदेशको सञ्चार नीति पारित गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सञ्चार नीति र विज्ञापन नीति नबन्दा पत्रकारलाई चिन्तित भएको आफूले देखेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो विज्ञापन नीतिबारे तपाईहरु पनि सल्लाह गरेर आउनुस् हामीले गर्न सक्ने काम गर्छौं ।

प्रदेशका कुना कन्दरामा सरकार पुग्न नसक्ने तर पत्रकार पुग्न सक्ने हुनाले जनताको समस्यालाई सरकारसमक्ष ल्याएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको सञ्चारजगतले ठूलो फड्को मार्दैगएको उहाँले चर्चा गर्नुभयो ।

पत्रकारिता क्षेत्र व्यावसायिक भयो कि भएन छलफल गर्र्नुपर्छ तर समग्रमा फड्को मारेको देखिन्छ” उहाँले भन्नुभयो केही पत्रकारले पत्रकारितालाई बदनाम गर्न खोजेको भए पनि अधिकांश पत्रकार मुलुक जनताकै पक्षमा काम गरिरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu