Connect with us
Kapilvast Forest

माओवादी केन्द्रका नेता कार्यकर्ता सहिदको घरमा

२०७९, २० फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु -सहिद सप्ताहको अवसर पारेर शिवराज नगरपालिका अन्तर्गतका सहिद परिवारसंग माओवादी केन्द्रका नेता कार्यकर्ताले भेट्घाट गरेका छन । माओवादी केन्द्रको केन्द्रिय सर्कुलर अनुसार शिवराज नगर कमिटीको तर्फबाट नेता कार्यकर्ताको टोलीले सहिद परिवारको घर घर पुगेर उहाहरुको गुनासो र दुख पिडा सुन्ने कोशिस गरेको माओवादी केन्द्रका शिवराज नगर उपाध्यक्ष तथा युवा नेता चिन्ता परियारले जानकारी दिनुभयो ।

भेट्घाट्को क्रममा आफ्नो ज्यान परिवार केही नभनी देश,जनता र परिवर्तन लागि जीवन बलिदान गर्ने शहीदको सपना परिवर्तन भए पनि त्यो सब पूरा नुहुदै पार्टी टुक्राटुक्रा हुनुले अझ सहिद परिवारलाई धेरै पोल्ने गरेको सबै फेरि एक जुट भएको हेर्ने ईच्छा भएको सहिद परिवारले बताएका छ्न ।

जनयुद्धको क्रममा आफ्नो परिवारको सदस्य गुमाएका परिवारले यसरी भेट्न आउदा आफ्नै गुमेको सदस्य आएको जस्तो लागेको समेत बताएका थिए । भेटघाटको क्रममा सहिद परिवारको तर्फबाट आएका दुख ,पीडा ,चासो ,गुनासोको नगर इन्चार्ज द्रोण बहादुर पुन (दिनेश), पुर्व वडा अध्यक्ष चुर बहादुर खड्का, वडा अध्यक्ष रामगोपाल चौधरीले सहिद परिवारको सम्मान व्यक्त गर्दै सधै पार्टी साथ रहेको बताउनु भएको थियोे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu