Connect with us
Kapilvast Forest

सुदूरपश्चिम मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

२०७९, २१ फाल्गुन आईतवारमा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिदैं हुनुहुन्छ । संवैधानिक व्यवस्था बमोजिम उहाँले विश्वासको मत लिन लाग्नु भएको हो । संविधानको धारा १६८ को उपधारा (२) वा (३) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनु पर्ने प्रावधान छ ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त हुनु भएपछि उपधारा (३) बमोजिम ठुलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

प्रदेश प्रमुख देवराज जोशीले माघ २६ गते उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । यद्यपि, यसअघि बहुमत नपुग्ने अवस्थाका कारण मुख्यमन्त्री शाहले विश्वासको मत लिने मिति तय गर्नमा ढिलाइ गर्नु भएको थियो ।

मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट नै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएका शाहले मन्त्रिमण्डल विस्तार गर्नु भएको छैन । विश्वासको मतपछि मन्त्रिपरिषद् सदस्य बढाउने उहाँको तयारी छ । अहिले सरकारमा नेपाली काङ्ग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा (एकीकृत समाजवादी) बाट नरेशकुमार शाही आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu