Connect with us
Kapilvast Forest

आन्तरिक विवादमा कुटिएका नेविसंघ नेता रिमाललाई शेखर कोइरालाले भेटे

२०७९, २१ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आन्तरिक विवादका क्रममा कुटिपिट हुँदा घाइते भएङ्का नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई भेटेका छन् । गत बिहीबार संस्थापन पक्षको कुटपिटबाट घाइते भएका रिमाललाई नेता कोइरालाले स्टार अस्पताल पुगेर स्वास्थ अवस्थाको जानकारी लिएका हुन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु निर्वाचनका लागि दुई पक्षले प्रतिनिधि खटाएको विवाद मिलाउन बसेको छलफलमा कुटपिट भएको थियो । नेविसंघ अध्यक्ष शेर्पाले त्रिवि कीर्तिपुरका लागि केन्द्रीय प्रतिनिधि पदम भट्टराई तोकेका थिए । नेता शेखर कोइराला पक्षधरले प्रवीण कैनीलाई प्रतिनिधि बनाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu