सङ्क्रमणकालीन न्याय सत्य निरुपण आयोगमार्फत नै बढाइनुपर्छ
काठमाडौं- सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्नेमा माओवादी नेताहरुले जोड दिएका छन् । मङ्गलबार बिहान बालुवाटारमा माओवादी पार्टी सम्बन्धित नेताहरुको बैठकपछि प्रकाशित विज्ञप्तिमार्फत यस्तो माग गरेको हो ।
सङ्क्रमणकालीन न्यायका सम्बन्धमा विभिन्न चर्चा भएकोप्रति माओवादी नेताहरुले गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ । शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
