Connect with us
Kapilvast Forest

जनकपुरधामको अन्त गृह परिक्रमासँगै मिथिला माध्यमिकी परिक्रमा

२०७९, २३ फाल्गुन मंगलवारमा प्रकाशित

जनकपुरधाम- जनकपुरधामको अन्तः गृह परिक्रमासँगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीको मिथिला बिहारीे मन्दिरबाट फागुन ८ गतेदेखि भगवानको डोला निस्केपछि १५ दिने परिक्रमा आरम्भ भएको थियो ।

परिक्रमामा सहभागी श्रद्धालु भक्तजनले नेपाल र भारतका विभिन्न विश्राम स्थल पार गर्दै सोमबार जनकपुरधाम पुगेर बास बसी आज मङ्गलवार बिहान स्नान गरी पूजापाठ गरेर जनकपुरधामको अन्तः गृह परिक्रमा गरेपछि मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको हो ।

अन्तः गृह परिक्रमालाई पञ्च कोसी परिक्रमा पनि भनिन्छ । अन्तः गृह परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी नभएकाहरू समेत सहभागी हुने गर्दछन् । यो परिक्रमापछि मिथिलाञ्चलमा होली सुरु भएको मानिन्छ । अन्तः गृह परिक्रमापश्चात् जनकपुरधाममा होली मनाउने परम्परा बनेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu