उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार
हुम्ला- गर्भ तुहिएर उच्च रक्तस्राव हुँदै आएकी सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । दुुई हप्तादेखि लगातार अत्याधिक रक्तस्राव भइरहेको कारण सुत्केरी महिलाको अवस्था गम्भीर भएका कारण जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा उहाँको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो ।
जिल्ला अस्पतालकी वरिष्ठ अनमि सरिता बोहराले दुुई हप्ता अगाडि सुुत्केरी हुने समय नपुुगेकी सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको शुक्रबार हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिनुभयो ।
हेलिकोप्टरमा उद्धार गरी सुुर्खेत पुर्याए लगत्तै उहाँको प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । गर्भवती छत्यालको सुत्केरी हुने समय नपुुग्दै गर्भ तुहिएको हो । सुत्केरी छत्यालको अत्यधिक रक्तस्राव भइरहेको कारण अवस्था नाजुुक भएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उद्धार गरिएको हो ।
उहाँले सुत्केरी छत्यालको लामो समय रक्तस्राव भएको भए पनि बिहीबार अस्पतालमा जानकारी भएको र त्यस लगत्तै हेलिकोप्टरको व्यवस्थातर्फ लागेर उद्धार गरिएको जनाए ।