Connect with us
Kapilvast Forest

डोल्पाबाटै विद्युतीय राहदानी वितरण सुरु

२०७९, २६ फाल्गुन शुक्रबारमा प्रकाशित

डोल्पा- हिमाली जिल्ला डोल्पाबाटै पहिलो पटक ईपासपोर्ट बनाउन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जिल्लामै नागरिकलाई विद्युतीय राहदानी दिन थालेपछि खुशियाली छाएको छ ।

गत माघ १० गतेदेखि जिल्लाबाटै राहादानीको फाराम भर्न थालिएसँगै नागरिकले जिल्लाबाटै ईपासपोर्ट पाउन थालेका हुन् । जिप्रकाले बिहीबार दुई जनालाई ईपासपोर्ट दिएको छ । २३ जनाले फाराम भरेर पठाए पनि १३ जनाको ईपासपोर्ट जिल्लामा आएकोमा दुई जनालाई भने बिहीबार वितरण गरिएको जिप्रकाले जनाएको छ ।

जिल्लामै विद्युतीय राहदानी पाउँदा भने समय र आर्थिक दुबैको बचत हुनुका साथै सहज भएको त्रिपुरासुन्दरी नगरपालिका ११ का गणेशमान पुनले बताउनुभयो । यसअघि राहदानी लिन काठमाडौं जानुपर्ने समय धेरै लाग्ने र पैसासमेत धेरै खर्च हुने गरेको पुनको भनाइ छ ।

२०७९ साल माघ १० गते गृहले जिल्लाबाटै राहदानी दिने व्यवस्था गरेपछि नागरिकले प्रजिअबाट सहज रुपमा ईपासपोर्ट पाउन थालेका हुन् । जिल्लाबाटै ईपासपोर्ट राहदानी वितरण हुने भएकाले जिल्लाका कुनै पनि नागरिकले काठमाडौं जानु नपर्ने र जिल्ला प्रशासनमा आएर सहजै ईपासपोर्ट राहदानी लिन सकिने प्रमुख जिल्ला अधिकारी भूमेश्वर पोखरेलले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu